Monday 3 October 2016

Aadha Jindagi Rittisakyo Lyrics


(आधा जिन्दगी रित्तिसक्यो भनेर कहिले शोक मनाएँ )२ 
अझै बाँकी रहेछ ठानेर उत्सव पनि मनाएँ 
जसरि हेर्‍यो त्यस्तै देखिन्छ जिन्दगी 
बल्ल होश पाएँ 
आधा जिन्दगी रित्तिसक्यो भनेर... 

उज्यालोले मलाई देख्यो टाढा कतै 
फूलले मन सजाएँ 
अँधेरीले मितेरी गाँस्यो अनायासै 
ताराले पार लगाएँ 
जस्तो ठान्यो त्यस्तै भईदिन्छ जिन्दगी 
बल्ल ग्यान पाएँ 
आधा जिन्दगी रित्तिसक्यो भनेर... 

देखाउन हाँसे कहिले आफू माथि हाँसे 
आज होशमा आएँ 
कहिले जीत पछ्याए कहिले हार सम्हाले 
@ npsongs.com 
अब पो थाहा पाएँ 
जसरी चाह्यो त्यसरी भोगिन्छ जिन्दगी 
बल्ल चाल पाएँ 

आधा जिन्दगी रित्तिसक्यो भनेर कहिले शोक मनाए 
अझै बाँकी रहेछ ठानेर उत्सव पनि मनाए 
जसरि हेर्‍यो त्यस्तै देखिन्छ जिन्दगी 
बल्ल होश पाएँ 
आधा जिन्दगी रित्तिसक्यो भनेर...

Next

Related